
केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनेर आयोगलाई हँसाउने काम भयो : ओली

काठमाडौं , पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षको कडा आलोचना गरेका छन् । आफूपक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्षले दिएको निवेदन औचित्यहीन रहेको तर्क गरे ।
केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनेर निर्वाचनका पदाधिकारीलाई हँसाउने काम सो पक्षबाट भएको उनको भनाइ छ । उनले प्रचण्ड र नेपाल पक्षका नेतालाई इंगित गर्दै ‘मान्छे हेर्दा ठुलै देखिए पनि सरकारको काम हेर्ने कुरामा चित्त साना’ भएको बताए ।
आफू नेतृत्वको सरकारको राष्ट्रिय लक्ष्य भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिलाई समेत चासो भए पनि प्रचण्ड र नेपाललाई कुनै मतलब नभएको उनले टिप्पणी गरे । यस्तै पहिले पहिले नेपालमा को प्रधानमन्त्री छन् भन्ने थाहा नहुने भएपनि अहिले भारतलगायत विश्वभर आफू नेतृत्वको सरकार परिचित रहेको समेत बताए ।
अर्को प्रसंगमा ओलीले लोकतन्त्र, संविधान, स्थायित्वमाथि खतरा भएर नै संसद विघटन गर्नुपरेको तर्क गरे । अब संसद पुनर्स्थापित नहुने पनि उनको प्रष्टोक्ति थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया