

केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनेर आयोगलाई हँसाउने काम भयो : ओली



काठमाडौं , पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षको कडा आलोचना गरेका छन् । आफूपक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्षले दिएको निवेदन औचित्यहीन रहेको तर्क गरे ।
केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनेर निर्वाचनका पदाधिकारीलाई हँसाउने काम सो पक्षबाट भएको उनको भनाइ छ । उनले प्रचण्ड र नेपाल पक्षका नेतालाई इंगित गर्दै ‘मान्छे हेर्दा ठुलै देखिए पनि सरकारको काम हेर्ने कुरामा चित्त साना’ भएको बताए ।
आफू नेतृत्वको सरकारको राष्ट्रिय लक्ष्य भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिलाई समेत चासो भए पनि प्रचण्ड र नेपाललाई कुनै मतलब नभएको उनले टिप्पणी गरे । यस्तै पहिले पहिले नेपालमा को प्रधानमन्त्री छन् भन्ने थाहा नहुने भएपनि अहिले भारतलगायत विश्वभर आफू नेतृत्वको सरकार परिचित रहेको समेत बताए ।
अर्को प्रसंगमा ओलीले लोकतन्त्र, संविधान, स्थायित्वमाथि खतरा भएर नै संसद विघटन गर्नुपरेको तर्क गरे । अब संसद पुनर्स्थापित नहुने पनि उनको प्रष्टोक्ति थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया