
१८ किलो अफिमसहित तीन जना पक्राउ

काठमाडौं, पुस १६
१८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।
ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताउनुभयो ।
उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोवारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया