

१८ किलो अफिमसहित तीन जना पक्राउ



काठमाडौं, पुस १६
१८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।
ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताउनुभयो ।
उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोवारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया