

देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन



कपिलवस्तु । देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबहरूले आयोजना गरेको संयुक्त रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ।
लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी, लायन्स क्लब अफ कपिलवस्तु स्टार तथा लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वाणगंगा रेडक्रस उपशाखाले प्राविधिक सहयोग गरेको थियो।
रक्त अभावका कारण बिरामी तथा आकस्मिक अवस्थामा उपचारका लागि आवश्यक रगतको व्यवस्थापनमा कठिनाइ भइरहेको सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा क्लबका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पीका कोषाध्यक्ष सुरेन्द्र घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। आयोजक चारवटै क्लबका अध्यक्षहरूको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन तथा सञ्चालन लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२६/२७ का प्रथम उपाध्यक्षले गर्नुभएको थियो।
रक्तदानमार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ। साथै, नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै मानवीय सेवामा थप व्यक्तिलाई जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक क्लबहरूले बताएका छन्।
…रक्तदान जीवनदान भन्ने मूल भावनासहित गरिएको यस अभियानबाट संकलित ५२ पिन्ट रगतले रगतको अभावका बीच मानवीय सेवाको महत्वपूर्ण सन्देशसमेत दिएको छ।


खबर सबै
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
-
स्वास्थ्य बिमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु
-
ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना
-
रुपन्देहीमा चलाइयो गोली, तीनजना पक्राउ
-
सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु
-
ज्येष्ठ नागरिकको आँगनमै पुगेर ‘जस्मिन बड्स’का विद्यार्थीले दिए सम्मान र शुभकामना
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
-
निजामती कर्मचारीले प्रदर्शन र हडताल गर्न नपाउने
-
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु







प्रतिक्रिया