सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु

सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु  भएको छ ।

आइतबार दिउँसो साढे १ बजेको समयमा  तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खसेको थियो ।

दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी भिमलाल भट्टराईले ग्लोबल आवाजलाई जानकारी दिए ।

दुर्घटनाबाट गम्भीर घाइते भएको पन्थको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । डिएसपी भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो । 

प्रतिक्रिया

खबर सबै