

कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु



मनसुनपछि एक सातादेखि अवरुद्ध गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन्। कालीगण्डकी गाउँपालिका–२ राक्सेसहित चार ठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो। विभिन्न स्थानमा ठुला पहिरो खसेर लामो समयदेखि अवरुद्ध करिडोर बिहीबारदेखि सुचारु भएको प्रहरीले जनाएको छ।
कालीगण्डकी करिडोरसँगै मदन भण्डारी राजमार्ग र रिडी–रुद्रवेणी–वामी सडक पनि पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो।
मदन भण्डारी राजमार्गअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ सालबिसौनामा पनि सडक अवरुद्ध भएको थियो। पाँच दिनदेखि एकतर्फी रूपमा सञ्चालनमा रहेको उक्त सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो।
रिडी–रुद्रवेणी–वामी सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीर र सत्यवती गाउँपालिका–६ उल्लीखोलामा बाढीले सडक कटान गरेको थियो। सिस्नेभीरको पहिरो हटाउनुका साथै उल्लीखोलामा खोलाको किनारबाट सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
स्थानीय पालिका, सम्बन्धित सडक कार्यालय र निर्माणाधीन सडकको हकमा निर्माण व्यवसायीसँग समन्वय गरी सडक खुलाइएको हो।


खबर सबै
-
नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
-
निजामती कर्मचारीले प्रदर्शन र हडताल गर्न नपाउने
-
कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक पूर्ण रूपमा सुचारु
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
-
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
-
नेपालले साफ च्याम्पियनसिप गुमायो
-
भैरहवामा साढे दुई करोड बढीका सुनका गरगहना बरामद
-
भोलिदेखि नेपालमा आईफोन १८ प्रो सिरिज बिक्री हुँदै, ०% ईएमआईदेखि २५ लाख नगद उपहारसम्मका अफर
-
इसराइल उडेको विमानमा दुई पाइलटबीच कुटाकुट, साउदीमा आकस्मिक अवतरण







प्रतिक्रिया