

कपिलवस्तुबाट स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्माले पाए जीप चिन्ह


कपिलवस्तु । कपिलवस्तु-१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका युवा नेता आशिष शर्माले चुनाव चिह्न जीप पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जिप चुनाव चिह्न पाएका हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु-१ मा १५ जना स्वतन्त्रसहित कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कपिलवस्तु- १ मा नेपाली काँग्रेसबाट उम्मेदवारमा सिफारिस भएपनि पार्टीले अहतर कमाललाई टिकट दिएपछि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यस क्षेत्रमा एमालेबाट बिश्राम चौधरी, नेकपाबाट कृष्ण कुँवर, रास्वपाबाट मोहन आचार्य र राप्रपाबाट शत्रुघन प्रसाद चौधरी उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा यस क्षेत्रबाट एमालेका बलराम अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । तत्कालिन माओवादी केन्द्रका चक्रपाणी खनालले १८ हजार ९८३ मत प्राप्त गर्दै दोस्रो भएका थिए ।
कपिलवस्तु-१ मा यस पटक १७९ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख ४७ हजार ६५९ रहेका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया