

करेन्ट लागेर एक युवकको मृत्यु


पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक बस्ने ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो गाउँपालिका कार्यालयनजिकै रहेको वायु उर्जाको विद्युत लाईन मर्मतका लागि पोलमा चढ्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका खन्गाहालाई उद्धार गरी उपचारको लागि मध्यविन्दु अस्पताल पठाइएको थियो । उहाँको उपचारको क्रममा अपरान्ह ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
करेन्ट लागेर उहाँ पोल बाट १० मिटर तल खस्नु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको टछ । खन्गाहा गाउँपालिकाको कार्यालय सहयोगीमा कार्यरत हुनुहुन्थ्यो ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया