

काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार



नेपाली पुरुष भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार चौथो हार बेहोरेको छ।
पाकिस्तानको इस्लामाबादमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो। दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल निर्णायक पाँचौं सेटमा चुकेको हो।
बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ को सेटमा हरायो। यो प्रतियोगितामा नेपाल पाँचौं सेटसम्म पुगेर पराजित भएको तेस्रो पटक हो।
यसअघि नेपाल पाकिस्तानसँग ३–० तथा श्रीलंका र काजकस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसहित पाकिस्तान, श्रीलंका, काजकस्तान, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले राउन्ड रोबिन चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया