

राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध



नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न दिन भारतलाई अनुरोध गरेको हो ।
“हामीले दुई साताअघि गृह मन्त्रालयबाट परराष्ट्र हुँदै भारतलाई राष्ट्रिय परिचयपत्रका आधारमा पनि प्रवेश दिन भारतलाई अनुरोध गरेका छौँ । उताबाट जवाफ आउन बाँकी छ,” अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले भने ।
नेपाल र भारतबीच खुला सीमाना रहँदै आएको छ । नेपाली र भारतीयलाई एकअर्काको देशमा आवतजावत गर्दा भिसा पनि आवश्यक पर्दैन । नेपाली नागरिकले नागरिकता वा पासपोर्टमध्ये एक देखाएर भारत प्रवेश पाउँदै आएका छन् ।
तर, अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । भारतले यसलाई स्वीकारे नेपाली नागरिकहरू तीनवटा परिचयपत्र (नागरिकता, पासपोर्ट र एनआईडी) मध्ये एउटा देखाएर भारत आउजाउ गर्न सक्नेछन् ।
निर्देशक ढकालका अनुसार, गत साता विभागमा काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीलाई बोलाएर यसबारेमा छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्नको लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । “छलफलमा भारतीय पक्ष निकै सकारात्मक भएको पाएका छौँ,” निर्देशक ढकालले भने ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया