
कपिलवस्तुमा २ सय ३५ मदादान स्थल र २ सय ९० मतदान केन्द्र, कति छन् कुल मतदाता ?

कपिलवस्तु | आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तुमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष २ लाख ११ हजार ८ सय ४६, महिला १ लाख ८४ हजार ४ सय १५ तथा अन्य ४ जना छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ सालको निर्वाचनमा ३ लाख ७८ हजार २३२ मतदाता थिए । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४७ हजार ६ सय ४९, निर्वाचन क्षेत्र नम्बर २ मा १ लख ३० हजार २ सय २ तथा निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४ सय ४ मतदाता रहेको निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । निर्वाचन आयोगले गत असोज १० गते देखि मंसिर ५ सम्म मतदाता नामावली संकलन गर्दा ७ हजार २ सय ८५ तथा राष्ट्रिय परिचय पत्रका आधारमा ८ हजार ३ सय २२ मतदाता थपिएका थिए ।
यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात कार्यालयमा ४ हजार ७३१ मतदाता थपिएका थिए । बाह्य जिल्लाको यस कार्यालयमा ५७ जना दर्ता भएको, डुब्लीकेशनमा परेका १ हजार २ सय ६ तथा मृत्यु भएका १ सय ६३ जनाो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत निश्चल मोक्तानले बताए । कपिलवस्तुमा एक निर्वाचन स्थल र १८ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमखु कमल भुसालले बताए । बुद्धभुमी नगरपालिका वडा नम्बर ६ स्थित सरस्तवी आधारभुत बिद्यालयमा मतदान स्थल थपिएको हो ।
जिल्लामा कुल २ सय ३५ मदादान स्थल र २ सय ९० मतदान केन्द्र कायम भएको भुसालले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनकालागि आफुहरुले आन्तरिक तयारी समेत तीब्र पारेको बताए । प्रजिअ जर्नादन गौतम सहितको जिल्ला सुरक्षा समितिको टोलीले जिल्लामा कायम गरिएको सबै निर्वाचन स्थलको स्थलगत निरीक्षण गरी सकेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया