

‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य





कपिलवस्तु | वाणगंगा नगरपालिका–७ अन्तर्गत रहेको चर्चित पुरानो बनगाइ–डोहोटे सडक खण्ड अन्तर्गतको बनगाइ–मोतिपुर–कपिलधाम सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। बुटवलस्थित एन.भी.इन्द्रेणी जे.भी कम्पनीलाई सो सडक निर्माणको जिम्मा दिइएको हो।
कम्पनीका संचालक नारायण भुसालका अनुसार बनगाइको सिमानादेखि मोतिपुर हुँदै कपिलधामको दोस्रो पुलसम्मको २३०० मिटर लम्बाई र १३ मिटर चौडाइ भएको सडक एकैपटक दुबै तर्फ नालीसहित निर्माण कार्य भइरहेको छ। कुल ६ करोड ६५ लाख रुपैयाँ बजेटमा अघि बढाइएको यो परियोजना उच्च गुणस्तर र द्रुत गतिमा संचालन भइरहेको कम्पनीले जनाएको छ।

भुसालका अनुसार सडक निर्माणका लागि २ वर्षको अवधि तोकिए पनि कम्पनीले ६ महिनामै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
यसअघि पनि सोही कम्पनीले कोइली (ख) को मोटरेबल पुल २ वर्षको समय सीमा हुँदाहुँदै पनि मात्र ९ महिनामै सम्पन्न गरी राष्ट्रिय स्तरमा प्रशंसा पाएको थियो। तीव्र र गुणस्तरीय निर्माण कार्यका कारण संचालक नारायण भुसाल देशभर परिचित ठेकेदारका रूपमा उभिन सफल भएका छन्।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया