
रास्वपा केन्द्रीय प्रशिक्षण विभागको विज्ञ समूह सदस्यमा नारायण खनाल मनोनयन

कपिलवस्तु | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हालै रास्वपा सदस्य बनेका कपिलवस्तुका नेता नारायण खनाललाई पार्टीको केन्द्रीय प्रशिक्षण विभाग विज्ञ समुह सदस्यमा मनोनयन गरेको छ । खनाललाई रास्वपाले केन्द्रीय प्रशिक्षण विभागअन्तर्गत विज्ञ समूह सदस्यमा मनोनयन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयबाट जारी गरिएको पत्रमा विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले पार्टीको प्राप्त सिफारिसका आधारमा खनाललाई मनोनित गरिएको उल्लेख छ।
महामन्त्री कविन्द्र बर्लाकोटीले हस्ताक्षर गरेको पत्रमा खनालले पार्टीको विधि, नीति तथा निर्देशनअनुसार विभागीय जिम्मेवारी प्रदान गर्ेको उल्लेख छ । यस्तै पार्टीका गतिविधिमा सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको रास्वपाले उल्लेख गरेको छ।
यस मनोनयनसँगै खनाल अब रास्वपाको केन्द्रीय संरचनामा औपचारिक रूपमा समाविष्ट भएका छन्। खनाल लामो राजनैतिक अनुभव भएका नेता हुन । उनी पछिल्लो पटक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) मा पनि केन्द्रिय प्रशिक्षण तथा प्रशिक्षक विभागका सदस्य भई जिम्मेवारी सम्हालेका थिए । हाल भने नेसपा विभाजित बनेसँगै उनी रास्वपामा प्रवेश गरेका थिए ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया