
विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कपिलवस्तु | कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नयाँ प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा प्रशासकीय भवनकाे शिलान्यास गरिएको हाे ।
प्रशासकीय भवन ३ करोड ९१ लाख ५ सय ५६ रुपैयाँ लागतमा निर्माण हुन लागेकाे गाउँपालिकाका प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले जानकारी दिए ।
भवन निर्माणको ठेक्का एम.एस. सिभिल-एम.एस. जेभी शिवराज-५ चन्द्राैटालेले पाएको छ । निर्माण व्यवसायीका अनुसार आगामी असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नयाँ प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाको कार्य सम्पादन, व्यवस्थापन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भवनले स्थानीय सेवाग्राहीलाई झनै प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्ने बताए ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरुकाे सहभागीता थियोे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया