



एकादशीका दिन बाणगंगा वेलफेयर सोसाइटीको सांस्कृतिक कार्यक्रम आयोजना तयारी

कपिलवस्तु, | कपिलवस्तुको बाणगंगा वेलफेयर सोसाइटीले यस वर्ष पनि एकादशीको अवसर पारेर देउसी–भैलो तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। सोसाइटीले जिल्लाको वडा नं ४ मा आगामी देउसी–भैलो पर्वका अवसरमा परम्परागत शैलीमा कार्यक्रम गर्ने तयारी गरेको छ।
सोसाइटीका अध्यक्ष राजकुमार खाँणका अनुसार, “सदाका वर्षझैँ यसपालि पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको हो।” यस अवसरमा चर्चित लोक दोहोरी गाईका शान्ति रानी परियारआउने बताईएको छ ।
उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, लोकगीत र देउसी–भैलो प्रस्तुति गर्नेछन्। साथै, सोसाइटीले समुदायमा एकता र सामाजिक सहकार्यलाई सुदृढ गर्ने लक्ष्य लिएको छ।
बाणगंगा वेलफेयर सोसाइटीले विगतदेखि नै नेपाली कला, संस्कृति र विभिन्न राष्ट्रिय दिवसहरूको जगेर्ना गर्दै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यस वर्षको देउसी–भैलो कार्यक्रमले पनि समाजमा सांस्कृतिक चेतना र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया