



एनपिएल सिजन-२ अक्सन : ३७ खेलाडीमाथी ८ टिमकाे २ करोड १५ लाख लगानी,कसले कति गरे खर्च ?

काठमाडाैं | नेपालकै पहिलाे र ठुलाे प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि ३७ खेलाडी अनुबन्धगर्दै मिनि अक्सन शनिबार सम्पन्न भएको छ। ८ वटा टोलीले ३७ जना खेलाडी अनुबन्ध गर्दा २ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।
शनिबार सम्पन्न मिनि अक्सनमा खेलाडीहरू माथी चितवन राइनोजले सबैभन्दा धेरै रकम (३९लाख) खर्च गर्दा पोखरा एभेनजर्सले सबैभन्दा कम (११ लाख) मात्रै खर्चिएको छ। विराटनगर किङ्सले अक्सनमा ५ खेलाडीका लागि २७ लाख खर्च गरेको छ भने जनकपुरले १६ लाख ५० हजार रुपैयाँमा ४ जना खेलाडी भित्र्याएको छ।
चितवनले ३९ लाख रुपैयाँ खर्च गरेर ५ जना खेलाडी अनुबन्ध गरेकाे हाे जसमा देव खनाल र अर्जुन साउदका लागि समान १५ लाख रुपैयाँ खर्चिएकाे छ।
काठमाण्डू गोर्खाजले ३७ लाख खर्च गरेको छ जसमा आदिल आलमलाई १५ लाखमा भित्र्याइएकाे छ । आदिल आलमलाई ८ वटै टोलीले समान १५ लाख तिर्न तयार भए पनि काठमाण्डू भाग्यमानी बन्यो। उसले आदिल आलमलाई गाेला प्रथा मार्फत प्राप्त गरेकाे हाे ।
अक्ससनमा सबैभन्दा कम रकम पोखरा एभेन्जर्सले खर्च गरेकाे छ । उसले ११ लाख रुपैयाँ मात्रै खर्च गरेको हाे। अर्जुन कुमाललाई ५ लाख रुपैयाँ तिरेको पोखराले बाँकी ३ खेलाडी २ लाख रुपैयाँको दरमा भित्र्याएको हो।
लुम्बिनी लायन्सले ३२ लाख रुपैयाँ अक्सनमा खर्च गरेको छ। उसले दीलिप नाथ र शेर मल्ललाई समान १० लाख तिरेर भित्राएकाे हाे । उसले २ खेलाडी समान ५ लाख तथा १ खेलाडी २ लाखमा भित्र्याएकाे हाे ।
कर्णाली याक्सले २९ लाख खर्च गरेकाे छ । उसले २९ लाख रुपैयाँमा चार जना खेलाडी भित्र्याएको छ। कर्णालीले पवन सर्राफका लागि १५ लाख र युवराज खत्रीका लागि अधिकतम मूल्य १० लाखमा गोलाप्रथाबाट अनुबन्ध गर्न सफल हुँदा बाँकी २ खेलाडी ४ लाखमा अनुबन्ध गर्यो।
सूदुरपश्चिम रोएल्सले २४ लाख रुपैयाँ खर्च गरेको छ। उसले हेमन्त धामीलाई १० लाख रुपैयाँमा भित्र्याउँदा अरु दुई खेलाडढीलाई समान ५ लाख र अरु २ जनालाई समान २ लाखमा अनुबन्धगरेकाे छ ।
कसले कति मूल्यमा अनुबन्ध गरे ?
विराटनगर किङ्स :सूर्य तामाङ (१० लाख) , साहील पटेल (५ लाख), नारायण जोशी (५ लाख), शंकर राणा (५ लाख) , श्रवण किस्कु (२ लाख)
जनकपुर बोल्ट्स: सचिन भट्ट (२ लाख), मयन यादव (७ लाख ५० हजार), आदित्य महता (५ लाख), विकास आग्री (२ लाख)
चितवन राइनोज: देव खनाल (१५ लाख), अर्जुन साउद(१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रन्जित कुमार (२ लाख)
काठमाण्डु गोर्खाज: मोहमद आदिल आलम (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम थापा मगर (३ लाख), तुलबहादुर थापा (२ लाख)
पोखरा एभेन्जर्स: कृष्ण पौडेल (२ लाख), अभिशेष तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), सन्दीपकुमार खत्री क्षेत्री (२ लाख)
लुम्बिनी लायन्स: दिलीप नाथ (१० लाख), शेर मल्ल (१० लाख), विशाल पटेल (५ लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख)
कर्णाली याक्स: पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), दीपक डुम्रे (२ लाख), इमरान शेख (२ लाख)
सुदूरपश्चिम रोयल्स: हेमन्त धामी ( १० लाख), दीपेन्द्र थापा (२ लाख), टेकबहादुर रावत (२ लाख), दीपक बोहरा (५ लाख), मिलन बोहरा (५ लाख)
अब हरेक टोलीले एक एक जना खेलाडी ट्यालेन्टहन्टबाट अनुबन्ध गर्नेछन् भने बाँकी खेलाडी विदेशी अनुबन्ध गर्नेछन्। विदेशी खेलाडी अनुबन्ध गर्नकालगि भने कोटा तोकिएको छैन। बिद्रशी खेलाडिकाे हकमा टाेलीले एक खेलमा बढीमा ४ जना विदेशी खेलाडी मात्रै खेलाउन पाउने नियम रहेकाे छ।
रिटेन गरीएका खेलाडीहरुः
विराटनगर किंग्स : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट।
जनकपुर बोल्ट्स : आसिफ शेख, अनिल साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगर।
चितवन राइनोज् : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी।
काठमान्डु गोर्खाज : करण केसी, साहव आलम, भीम सार्की, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठ।
पोखरा एभेन्जर्स : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दास।
लुम्बिनी लायन्स : रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतम।
कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी र विपिन शर्मा।
सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इसान पाण्डे र नरेन साउद।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया