

लुम्बिनी प्रदेश सभा सदस्यको रिक्त पदमा पासवान नियुक्त



दाङ | लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीका कार्यकारिणी सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उहाँलाई प्रदेश सभा सदस्यमा नियुक्त गर्नुभएको हो ।
यसैबिच, पासवानले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकतर्फको बन्द सूची–४ मा दलित क्लस्टरको १ नम्बरमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
यसअघि आदिवासी जनजाति क्लस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त बनेको थियो । जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया