

लुम्बिनी प्रदेशमा सांसदका स्वकीय सचिवको तलब रोकियो, राज्यकोषको ३० लाख बढी बचत



लुम्बिनी प्रदेशका सांसदका स्वकीय सचिवहरू अहिले तलबविहीन बनेका छन् । प्रदेशसभा सचिवालयका अनुसार असोज महिनाको तलब उनीहरूलाई रोकिएको हो ।
संघीय सरकारले असोज ५ गते गरेको निर्णयअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्री बाहेकका राजनीतिक पदाधिकारीलाई स्वकीय सचिव नदिनु पर्ने व्यवस्था गरेपछि उक्त निर्णयको प्रभाव प्रदेशसभामा पनि परेको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी गिरिराज शर्माका अनुसार संघीय परिपत्र आएपछि असोज महिनाको तलब भत्ता रोकिएको हो ।
“संघको निर्णय आएको कारण हामीले असोजको तलब नदिएका हौँ,” उनले भने, “अब प्रदेश सरकारको निर्णयअनुसार मात्रै निकासा हुनेछ । संघको परिपत्र पालना गर्नु हाम्रो कर्तव्य पनि हो ।”
सचिवालयका अनुसार स्वकीय सचिवहरूले भदौ महिनासम्मको तलब बुझिसकेका छन् । तर असोज महिनादेखि हालसम्म प्रदेश सरकारले यसबारे कुनै नीति तय नगरेकाले भुक्तानी अड्किएको हो ।
नासु सरहको तलब पाउँथे सचिवहरू
लुम्बिनी प्रदेशसभाले सांसदका सेवा सुविधासम्बन्धी आफ्नै कानुन बनाएअनुसार प्रत्येक सांसदलाई नासु सरहको एक स्वकीय सचिव दिने व्यवस्था छ ।
त्यसअनुसार सचिवहरूले मासिक ३४ हजार ७३० रुपैयाँ तलब पाउँदै आएका थिए ।
तर संघीय परिपत्रले यो व्यवस्था अस्थायी रूपमा रोकिएको छ । “प्रदेश सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन,” सूचना अधिकारी शर्माले भने, “प्रदेश सरकारले निर्णय गरेपछि त्यसैअनुसार अघि बढ्छौं । कानुन संशोधन नगरी पूर्ण रूपमा हटाउन सकिँदैन ।”
वार्षिक साढे तीन करोडको भार
लुम्बिनी प्रदेशसभामा हाल ८७ जना सांसद छन् । प्रत्येक सांसदसँग एक जना स्वकीय सचिव रहँदा मासिक रूपमा करिब ३० लाख रुपैयाँभन्दा बढी राज्यकोषमा भार पर्ने गरेको छ ।
त्यस्तै, वार्षिक हिसाबमा साढे ३ करोड रुपैयाँभन्दा बढी खर्च राज्यले व्यहोर्दै आएको तथ्यांक सचिवालयले जनाएको छ ।
नागरिक समाजका प्रतिनिधिहरूले सांसदहरूले आफ्नै आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेर राज्यकोषमा अनावश्यक भार सिर्जना गरेको भन्दै आलोचना गर्दै आएका छन् । रिपोर्ट अनुसार लुम्बिनीका झण्डै २० जना सांसदले आफ्नन्तलाई नै स्वकीय सचिव बनाएका छन् ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया