



शाइन रेसुङ्गा बैंकसँग लुम्बिनी लायन्सकाे हाेम बैंक पार्टनर सम्झाैैता

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए । बैंकसँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरेको बताए ।
बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि हालसम्म १६ हजार विरुवा रोपेको छ भने डिजिटल वित्तीय साक्षरता समुदायसम्म पुर्याउन अभियान नै सञ्चालन गरेको छ ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया