

शाइन रेसुङ्गा बैंकसँग लुम्बिनी लायन्सकाे हाेम बैंक पार्टनर सम्झाैैता

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए । बैंकसँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरेको बताए ।
बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि हालसम्म १६ हजार विरुवा रोपेको छ भने डिजिटल वित्तीय साक्षरता समुदायसम्म पुर्याउन अभियान नै सञ्चालन गरेको छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया