



साम्बाकाे प्रहारमा भारतमाथि नेपालको सानदार जित

काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले हरायो । सावित्राले दुवै गोल गर्दै नेपाललाई प्रतियोगितामा पहिलो जित दिलाइन् ।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ । इरान भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गर्दै अपराजित रह्यो । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार व्यहोरेको थियो भने भारतले इरानसँग २–० ले हार व्यहोरेको थियो ।
नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो । दोस्रो मिनेटमै नेपालले अग्रता लियो । डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई सावित्राले कुशलतापूर्वक नियन्त्रणमा लिई भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन् । यो गोलले नेपाली टोलीको मनोबल उच्च बनायो र भारतलाई दबाबमा राख्यो ।
पहिलो हाफमा नेपालले थप अवसर सिर्जना गरे पनि गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो । ६३औं मिनेटमा नेपालले फ्रि किक पायो । सावित्राले सिधै प्रहार गरेको बल भारतीय गोलकिपरले रोक्न खोजे पनि असफल भइन् र बल सिधै जाली चुम्यो । यो गोलले नेपाललाई २–० को सहज अग्रता दिलायो ।
भारतले खेलको अन्त्यतिर दबाब बढायो । ८१औं मिनेटमा भारतीय वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन् । निर्माला देवीबाट फ्रि किकमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला विकसामु पुगेको थियो । विमलाले क्लियर गर्न खोज्दा बल करिश्मासामु पुग्यो र उनले सहजै गोल गरिन् ।
तर, यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो । नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्यो र २–१ को जित पक्का गर्यो ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया