

साम्बाकाे प्रहारमा भारतमाथि नेपालको सानदार जित


काठमाडौं । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले हरायो । सावित्राले दुवै गोल गर्दै नेपाललाई प्रतियोगितामा पहिलो जित दिलाइन् ।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ । इरान भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गर्दै अपराजित रह्यो । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार व्यहोरेको थियो भने भारतले इरानसँग २–० ले हार व्यहोरेको थियो ।
नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनायो । दोस्रो मिनेटमै नेपालले अग्रता लियो । डिफेन्स लाइनबाट आएको लामो क्रस बललाई सावित्राले कुशलतापूर्वक नियन्त्रणमा लिई भारतीय गोलकिपरलाई छलाउँदै गोल गरिन् । यो गोलले नेपाली टोलीको मनोबल उच्च बनायो र भारतलाई दबाबमा राख्यो ।
पहिलो हाफमा नेपालले थप अवसर सिर्जना गरे पनि गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालको दबदबा कायम रह्यो । ६३औं मिनेटमा नेपालले फ्रि किक पायो । सावित्राले सिधै प्रहार गरेको बल भारतीय गोलकिपरले रोक्न खोजे पनि असफल भइन् र बल सिधै जाली चुम्यो । यो गोलले नेपाललाई २–० को सहज अग्रता दिलायो ।
भारतले खेलको अन्त्यतिर दबाब बढायो । ८१औं मिनेटमा भारतीय वैकल्पिक खेलाडी करिश्मा सिरभोकरले गोल फर्काइन् । निर्माला देवीबाट फ्रि किकमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला विकसामु पुगेको थियो । विमलाले क्लियर गर्न खोज्दा बल करिश्मासामु पुग्यो र उनले सहजै गोल गरिन् ।
तर, यो गोल भारतका लागि सान्त्वना मात्र बन्यो । नेपालले अन्तिम मिनेटसम्म रक्षात्मक र आक्रामक सन्तुलन कायम राख्यो र २–१ को जित पक्का गर्यो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया