भारतमा गुडिरहेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु

भारतमा गुडिरहेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । केही यात्री गम्भीर घाइते छन् ।

शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै उक्त दुर्घटना भएको हो । त्यसक्रममा बस पूर्ण रूपमा जलेको थियो । आगलागी भएको बस हैदराबादबाट बेंगलुरुतर्फ जाँदै थियो ।

दुर्घटनाको समयमा बसमा लगभग ४२ यात्रु सवार थिए । घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ । 

मोटरसाइकल बससँग ठोक्किएको, त्यसको मुनि परेको र त्यसपछि इन्धन ट्यांकीमा ठोक्किएकाले आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । तर, स्थानीय प्रशासनले आधिकारिक रूपमा कारण पुष्टि गरिसकेको छैन ।

“दुर्घटनामा दुई बालबालिका र दुई चालकसहित करिब १९ यात्रु सुरक्षित छन्,” कुर्नूल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईसँग भने ।

प्रहरीका अनुसार, ‘सर्ट सर्किट’ भएर बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा जल्यो । जीवित अधिकांश यात्रु २५ देखि ३५ वर्ष उमेरका छन् । बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया

खबर सबै