राजीनामाबारे ओली– मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी छोड्दिनँ


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । 

राजीनामाबारे ओलीले भने, “केही साथीले राजीनामा माग्नु भएको छ । मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ ।”

राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गर्ने बताए ।  “राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गरौँला, प्रतिननिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्तताका साथ नलगौँ, मित्रतासाथ जाऔँ,” उनले भने । 

प्रतिक्रिया

खबर सबै