
कुलमानसँग मिलेर काम गर्न हितेन्द्र तयार, अर्बौं बाँकी विद्युत वक्यौता उठाउन बोर्ड बैठक डाक्ने तयारी

अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै वक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गरेका थिए । सोही अनुसार चाँडै बोर्ड बैठक डाक्ने तयारीमा रहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।
भोलि-पर्सिमा बैठक बसेर वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइने उनले स्पष्ट पारे । शाक्यले सरकारको निर्णय मानेरै अघि बढ्ने पनि बताएका छन् ।
‘वक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं’ , उनले भने, ‘बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोली अथवा पर्सीमै बोर्ड बैठक बस्छ ।’
बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नहुने हितेन्द्रको भनाइ छ । कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन उद्योगीको लाइन काट्दै आएका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएपछि यो विषय जटिल बन्दै आएको थियो ।
उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने कुलमान प्राधिकरणमा रहँदा हिसाब सुनाएका थिए ।
उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर,प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उनीहरुले पैसा तिर्न आनाकानी गर्दै आएका छन् । अघिल्लो केपी ओली सरकारका उर्जामन्त्री दिपक खड्काको समेत उनीहरुलाई साथ थियो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया