



रुपन्देही–३ को उपनिर्वाचन रद्द

- संवैधानिक प्रावधानले उपनिर्वाचन बाधक बनेकाले सबै तयारी स्वतः स्थगित भएको आयोगको जानकारी
बुटवल | रुपन्देही ३ मा कार्तिक १७ गते तय गरिएको उपनिर्वाचन रद्द भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन आवश्यक नदेखिएको हो ।
२०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको पद पूर्ति गर्न आयोगले तयारी थालेको थियो। राजनीतिक दलहरूले पनि उम्मेदवार घोषणा र गठबन्धनबारे अन्तिम तयारी गरिसकेका थिए ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने, कर्मचारी परिचालन गर्ने र अन्य प्राविधिक तयारी अघि बढाएको थियो । तर प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक हुनु र बाँकी कार्यकाल दुई वर्षभन्दा कम हुनुका कारण संविधानको धारा ८४ (६) अन्तर्गत अब उपनिर्वाचन नगर्ने निर्णय गरिएको हो ।
आयोगका अधिकारीहरूले भने, “संवैधानिक प्रावधानले बाधक बनेकोले सबै तयारी स्वतः स्थगित भएको हो।” यस निर्णयसँगै जिल्लामा चलिरहेको राजनीतिक चहलपहल पनि रोकिएको छ ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया