



लुम्बिनी प्रदेशमा विपद्का घटना : एक महिनामै ४३ जनाको मृत्यु

बुटवल | लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।
बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायतका ३३५ वटा घटना हुँदा मानवीय क्षति भएको केन्द्रले जनाएको छ ।
बाढीमा परेर २, पानीमा डुबेर २७, आगलागीमा परेर १, विषाक्त खाद्य सेवनका कारण ४, सर्पदंशका कारण ८ र अन्यमा १ गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा ७, कपिलवस्तुमा ९, रूपन्देहीमा ५, बाँकेमा २, गुल्मीमा २, पाल्पामा २, प्यूठानमा ४, बर्दियामा ३, अर्घाखाँचीमा २, नवलपरासी पश्चिममा २, रुकुम पूर्वमा एक र रोल्पामा ४ जनाको मृत्यु भएको छ ।
यी घटनाले ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन् भने १२ आंशिक क्षति भएका छन् । त्यस्तै, एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवन आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया