पाल्पामा बलात्कार आरोपमा युवक पक्राउ

पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ का २८ वर्षीय धनराशी विक छन् ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । उनी पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा डेरा गरी बस्दै आएका थिए ।

शुक्रबार (साउन २३) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

खबर सबै