
रुपन्देही-३ को उपनिर्वाचन: चुनावी प्रतिष्ठाको लडाई बन्दै, उम्मेदवार बन्न एमाले उपमेयरका श्रीमान्को रास्वपामा दर्खास्त

रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव निकै रोचक बन्ने देखिएको छ । राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि १७ कात्तिकमा हुने उपचुनावका उम्मेदवारहरूको चर्चाले नै रोचक बनाउन थालेको छ । अहिले उक्त निर्वाचन क्षेत्रलाई कांग्रेस, एमाले, राप्रपा र रास्वपाले प्रतिष्ठाको क्षेत्र बनाएका छन् ।
राप्रपा पुरानो बिरासत जोगाउनुपर्ने बाध्यतामा छ । एमालेको सहयोगमा राप्रपाले जित निकालेका कारण एमाले अहिले राप्रपाबाट उक्त क्षेत्र खोस्न खोजिरहेको छ । यता, कांग्रेसले पनि आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कारण बालकृष्ण खाँणले यो क्षेत्रबाट आफ्नो प्रतिष्ठा फर्काउनुपर्ने बाध्यतामा छन् । अघिल्लो चुनाव भने बोहोरासँग खाँण पराजित भएका थिए ।
त्यसैले अहिले उनी आफैँ उम्मेदवार नबनेको अवस्थामा आफ्नो उम्मेदवारलाई जिताउनुपर्ने दबाबमा छन् । जलले गर्दा अर्को चुनावमा खाँणलाई सहज हुने सम्भावना हुन्छ । अर्कातिर नयाँ दल रास्वपालाई झन् ठूलो प्रतिष्ठाको विषय बनेको छ । इलाम-२ को उपचुनावमा जमानत नै जफत भएपछि रास्वपा दबाबमा छ ।
अर्कातिर सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका कारण उक्त क्षेत्रमा जित निकालेर सार्वजनिक रूपमा छवि सुधार मात्र होइन, प्रमुख दलहरूलाई दबाब दिनुपर्ने बाध्यतामा छ । अर्कातिर लामिछाने रुपन्देहीकै जेलमा छन् । त्यही जिल्लामा पुगेर रास्वपाले संसदीय दलको बैठकमा राखेको थियो । र, अहिले इच्छुकको नाम सार्वजनिक गरेको छ । अहिले सार्वजनिक गरिएका ९ जनाको सूचीले पनि उपचुनाव रोचक हुने संकेत दिएको छ ।
रास्वपाको सम्भावित सूचीमा पार्थिवेन्द्र उपाध्यायको नाम परेपछि रुपन्देहीमा चर्चाको विषय बनेको हो । उनको नाम दोस्रो नम्बरमा छ । उपाध्याय एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा निर्वाचित उमा अधिकारीका श्रीमान् हुन् । उपाध्याय रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर रास्वपाको उम्मेदवार हुने तयारीमा जुटेका हुन् ।
सिद्धार्थनगर-७ का स्थानीय उपाध्याय एमालेका पूर्वसांसद धनपति उपाध्यायका छोरासमेत हुन् । एमालेको राजनीतिक पृष्ठभूमिका उपाध्यायले रास्वपाबाट उम्मेदवार हुन खोजेपछि एमालेलाई भने ठूलै झट्का लाग्ने सम्भावना देखिएको छ ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया