



लुम्बिनी भिजनको उत्कृष्ट नतिजा : प्लस टु मा ८५ प्रतिशत विद्यार्थी उतीर्ण

कपिलवस्तु | कपिलवस्तु जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उतीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत विद्यार्थीहरु मध्ये ८५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ ।
उक्त कलेजका छात्र राज वर्माले ३.७५ जिपिए सहित ८५.४ प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले जानकारी दिनुभयो । यस अघि पनि विभिन्न नतिजामा लुम्बिनी भिजन कलेज जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशकै उत्कृष्ट हुंदै आएको छ ।
क्याम्पसका अध्यक्ष सरोज खनाल र क्याम्पस प्रमुख सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारीहरुलाई धन्यावद ज्ञापन गर्नुभएको छ । साथै शैक्षिक गुणस्तरका लागि क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया