

बबई नदी खतरा भन्दा माथि




गएराति देखि परेको अविरल वर्षाले बबई नदीमा पानीको सतह बढेको छ। आसपासका पहाडी जिल्लामा अत्यधिक वर्षा भएपछि बबईको चेपाङ जलमापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो।
बबई नदीको चेपाङमा पानीको सतह ५ दशमलव ५० मिटरलाई चेतावनी र ६ दशमलव ८० मिटरलाई खतराको तह मानिन्छ। मंगलबार बिहानको मापन अनुसार चेपाङ जल मापन केन्द्रको सतह खतराको तह पार गरी ७ दशमलव ०९ मिटर पुगेको छ।
चेपाङ केन्द्रबाट पानीको बहाव गुलरियास्थित भादा पुलमा आइपुग्न केही घण्टा समय लाग्छ। भादापुल जलमापन केन्द्रमा ७ मिटर चेतावनी र ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ।
जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले बबई नदीको चेपाङमा पानीको सतह खतराको तह पार गरेकोले बबई नदी तथा साना सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया