बलिउड फिल्म ‘सैयारा’को नेपाल कलेक्सन ९ करोड नाघ्यो

बलिउड फिल्म ‘सैयारा’को नेपाल कलेक्सन ९ करोड रुपैयाँ ग्रस नाघेको छ । फिल्मले आइतबार बेलुकासम्म ‘सिनेपाः बक्सअफिस’मा उक्त कमाइ गरेको हो ।

योसँगै ‘सैयारा’ सन् २०२५ मा अहिलेसम्म सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बनेको छ । नयाँ रिलिज भएका अन्य फिल्मले पनि ‘सैयारा’को कमाइको गतिलाई प्रभावित पारेको देखिँदैन ।

यही गति कायम रहे, आगामी सप्ताहन्तको आसपासमा फिल्मले १० करोड ग्रसको आँकडा पार गर्न सक्ने देखिन्छ । ‘सैयारा’बाहेक भारतीय एनिमेटेड फिल्म ‘महावतार नरसिंहा’ले पनि पछिल्लो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको देखिएको छ ।

‘आशिकी’जस्ता रुचाइएका फिल्म निर्देशन गरेका मोहित सुरीको यो पछिल्लो ब्लकबस्टर निर्देशकीय फिल्म हो । सशक्त संगीत र नयाँ फ्रेस कलाकारको सहभागिताले फिल्मलाई अझै रुचिकर बनाएको छ ।

फिल्म हिट भएसँगै अहान पाण्डे र अनित पड्डा एकाएक स्टार बनेका छन् ।

प्रतिक्रिया

खबर सबै