
हरियाली प्रवर्द्धनको उद्देश्यका साथ लायन्स क्लव अफ कपिलवस्तुद्धारा संयुक्त रुपमा वृक्षारोपण

वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यका साथ लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी, लायन्स क्लव अफ कपिलवस्तु स्टार तथा लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
वाणगंगा नगरपालिका–७ स्थित खारखानीको दिल पार्कमा सम्पन्न कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीको प्रमुख आतिथियतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गिरीले प्रकृति र हरियाली संरक्षण समाजको दायित्व भएको उल्लेख गर्दै, वृक्षरोपण कार्यक्रम भविष्यप्रतिको लगानी हो। यसले वातावरण शुद्ध बनाउने मात्र होइन, हाम्रो जीवनशैलीलाई पनि स्वस्थ बनाउने काम काम गर्ने बताएका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२५/२६ का अध्यक्ष नारायण पौडेलले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानले जनचेतना फैलाउने बताउँदै भने, “वातावरण संरक्षणमा सबैको साथ र योगदान आवश्यक छ। क्लबले यस्ता अभियानलाई प्राथमिकतामा राखेको छ।”
कार्यक्रम संयोजक मोहन न्यौपानेले वृक्षारोपण जस्ता सानातिना कार्यले दीर्घकालीन परिवर्तन ल्याउने उल्लेख गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सी, पूर्व अध्यक्ष तथा लायन्स डिस्ट्रिक्ट ३२५ का GAT युथ सुरेन्द्र घिमिरे, नि.वर्तमान अध्यक्ष नवदत्त घिमिरे लगायत ७० जना भन्दा बढी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२५/२६ का अध्यक्ष नारायण पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष सुमन क्षेत्रीको स्वागत मन्तव्य, लायन मोहन न्यौपानेको समन्वय तथा लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२५/२६ का सचिव सन्दिप भट्टराइको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया