
तौलिहवा स्थित ‘यातायात सेवा कार्यालय’ स्थानान्तरण हुदै

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित यातायात व्यवस्था सेवा कार्याल्य हालको स्थानबाट नयाँ स्थानमा स्थानान्त्रण हुने भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था सेवा कार्यालय, कपिलवस्तु अब स्थानान्तरण भई नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको हो ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै हालको कपिलवस्तु नगरपालिका वडा नं. १, कालिका मन्दिरटोल स्थित कार्यालय २०७९÷०५÷११ गते मंगलबारदेखि कपिलवस्तु नगरपालिका वडा नं. ३, चपरहट्टीस्थित साविकको महिला तथा बालबालिका कार्यालय भवनमा स्थानान्तरण भई सम्पूर्ण सेवा सोही स्थानबाट उपलब्ध हुने जानकारी दिएको छ।
यस कार्यालयको स्थानान्तरण सम्बन्धी सूचनामा कार्यालय प्रमुख गोविन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ।



खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया