
कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

बोलेबम दर्शनका लागि भारततर्फ गइरहेका तीर्थयात्रीहरू सवार बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। कृष्णनगर नगरपालिका–१ स्थित शिवानगरमा चन्द्रौटा–कृष्णनगर सडकखण्डमा आज साँझ करिब ४ बजेतिर दुर्घटना भएको हो।
भे १ ख ११८२ नम्बरको तीव्र गतिमा रहेको बसको स्ट्रिङ फेल (सन्तुलन प्रणालीमा समस्या) भई अनियन्त्रित भइ पल्टिन लागेको अवस्थामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। बस चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै थियो।
दुर्घटना जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वमा खटिएको ११ सदस्यीय टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले दिएको जानकारीअनुसार १७ जना सामान्य घाइते छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई तत्कालै शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको हो।
गम्भीर घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि बुटवल रेफर गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
दुर्घटनापछि बस चालक कपिलवस्तुको शिवराज नगरपालिका–४ निवासी ४५ वर्षीय अबस पठान फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त बसमा भारतको बिहार राज्यतर्फ बोलेबम दर्शनका लागि जाने यात्रुहरू सवार थिए। अहिले घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा ट्राफिक सुचारु गरिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया