
जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु

रुकुमपूर्वको भूमे गाउँपालिका- ५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ वर्षीय योजन विक र ७ वर्षीया भाग्यरेखा विक छन् । दुवै जना च्याउ खाएर गम्भीर बिरामी परेका थिए । रूकुमपूर्व प्रहरीले दिएको जानकारी अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मंगलवार दिउँसो र भाग्यरेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा मंगलवार राति उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरूकी ९ वर्षीया दिदी आयुषा विकको अवस्था पनि गम्भीर बनेपछि सल्यानबाट दाङ रिफर गरिएको छ ।
त्यस्तै, ३५ वर्षीया आमा राजकुमारी विकको रुकुमपश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
गत आइतबार एउटै परिवारका चार जनाले खाएको जङ्गली च्याउले विषाक्त असर देखाएपछि उनीहरू बिरामी परेका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया