
२०% स्वामित्व लिएर खेतान समूह फोनपे प्रवेश गर्दै, स्वीकृति सम्बन्धी फाइल राष्ट्र बैंकमा

व्यावसायिक घराना खेतान समूह २० प्रतिशत स्वामित्व खरिद गरेर भुक्तानी सेवा प्रदायक फोनपे प्रवेश गर्ने भएको छ । गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो शेयर बिक्री गरेर ‘क्याश रिच’ बनेका व्यवसायी राजेन्द्र खेतान फिनटेक उद्योग छिर्न लागेका हुन् ।
स्रोतका अनुसार झन्डै तीन महिनाअघि नै फोनपेको माउ संस्था एफवन सफ्ट ग्रुप र खेतान समूहबिच लगानी गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भइसकेको छ ।
लगानीसम्बन्धी सम्झौताको जानकारी फोनपेले नियामक नेपाल राष्ट्र बैंकलाई दिइसकेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाउना साथ शेयर खरिद-बिक्री प्रक्रिया अघि बढ्नेछ ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनिष थापाका अनुसार खेतान समूहले ग्लोबल इक्विटी फन्डमार्फत फोनपेमा लगानी गर्नेछ।
“हामीले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड-१ लाई परिचालन गरेर फोनपेमा रणनीतिक लगानी गर्न लागेका हौं । यो लगानीले नेपालको डिजिटल भुक्तानीलाई थप आकार दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ,” थापाले लिङ्क्डइनमा लेखेका छन् ।
फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडले राष्ट्र बैंकबाट २०७६ माघ २६ गते भुक्तानी सेवा प्रदायक (पीएसओ) सञ्चालन गर्न अनुमति पाएको थियो । कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ छ ।
फोनपेले आर्थिक वर्ष ०८०/८१ मा १८ करोड ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसअघि आव ०७९/८० मा कम्पनीले एक करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खेतान समूहको लगानी गोर्खा ब्रुअरी, हिमालयन स्न्याक्स एन्ड नुडल्ससहित लक्ष्मी सनराइज बैंक, एभरेस्ट इन्स्योरेन्स सहितका बैंक तथा वित्तीय संस्थामा लगानी छ ।
यस्तै, फोनपेले नेपालमा मात्र नभई अन्तरदेशीय क्यूआर भुक्तानी सेवासमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत भारतको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) सँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु भइसकेको छ भने श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापे र दक्षिण कोरियाको जीएलएन इन्टरनेसनलसँग अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
स्रोत : टेकपाना


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया