

२०% स्वामित्व लिएर खेतान समूह फोनपे प्रवेश गर्दै, स्वीकृति सम्बन्धी फाइल राष्ट्र बैंकमा



व्यावसायिक घराना खेतान समूह २० प्रतिशत स्वामित्व खरिद गरेर भुक्तानी सेवा प्रदायक फोनपे प्रवेश गर्ने भएको छ । गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो शेयर बिक्री गरेर ‘क्याश रिच’ बनेका व्यवसायी राजेन्द्र खेतान फिनटेक उद्योग छिर्न लागेका हुन् ।
स्रोतका अनुसार झन्डै तीन महिनाअघि नै फोनपेको माउ संस्था एफवन सफ्ट ग्रुप र खेतान समूहबिच लगानी गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भइसकेको छ ।
लगानीसम्बन्धी सम्झौताको जानकारी फोनपेले नियामक नेपाल राष्ट्र बैंकलाई दिइसकेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाउना साथ शेयर खरिद-बिक्री प्रक्रिया अघि बढ्नेछ ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनिष थापाका अनुसार खेतान समूहले ग्लोबल इक्विटी फन्डमार्फत फोनपेमा लगानी गर्नेछ।
“हामीले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड-१ लाई परिचालन गरेर फोनपेमा रणनीतिक लगानी गर्न लागेका हौं । यो लगानीले नेपालको डिजिटल भुक्तानीलाई थप आकार दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ,” थापाले लिङ्क्डइनमा लेखेका छन् ।
फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडले राष्ट्र बैंकबाट २०७६ माघ २६ गते भुक्तानी सेवा प्रदायक (पीएसओ) सञ्चालन गर्न अनुमति पाएको थियो । कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ छ ।
फोनपेले आर्थिक वर्ष ०८०/८१ मा १८ करोड ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसअघि आव ०७९/८० मा कम्पनीले एक करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खेतान समूहको लगानी गोर्खा ब्रुअरी, हिमालयन स्न्याक्स एन्ड नुडल्ससहित लक्ष्मी सनराइज बैंक, एभरेस्ट इन्स्योरेन्स सहितका बैंक तथा वित्तीय संस्थामा लगानी छ ।
यस्तै, फोनपेले नेपालमा मात्र नभई अन्तरदेशीय क्यूआर भुक्तानी सेवासमेत सञ्चालन गरिरहेको छ । यसअन्तर्गत भारतको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) सँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु भइसकेको छ भने श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापे र दक्षिण कोरियाको जीएलएन इन्टरनेसनलसँग अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
स्रोत : टेकपाना


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया