
युक्रेनको निसानामा मस्को, १४० भन्दा बढी ड्रोन खसालेको रुसको दाबी

रूसको रक्षा मन्त्रालयले बुधबार रातिदेखि बिहीबार दिउँसोसम्म उसको सेनाले कम्तीमा १४३ युक्रेनी ड्रोनहरू खसालेको बताएको छ ।
रूसको रक्षा मन्त्रालयले प्रकाशित गरेको र एबीसीन्यूजले विश्लेषण गरेको तथ्यांकअनुसार, यो आक्रमण युक्रेनले जुलाई ११ मा १६७ ड्रोनहरू रूसमा प्रक्षेपण गरेपछि रूसमाथिको सबैभन्दा ठूलो ड्रोन हमला हो ।
पछिल्लो आक्रमणमा ११ रूसी क्षेत्रहरू र कब्जा गरिएको क्रिमियामा ड्रोनहरू खसालिएका छन् ।
रूसको संघीय उड्डयन एजेन्सी रोसाभियात्सियाका प्रवक्ता आर्टेम कोरेन्याकोले टेलिग्राम पोस्टहरूमा उल्लेख गरे अनुसार मस्कोको भ्नुकोभो विमानस्थल, राजधानीको दक्षिणपश्चिममा रहेको कलुगा ग्राब्त्सेभो विमानस्थल र सेन्ट पिटर्सबर्गको पल्कोभो विमानस्थलमा उडानमा अस्थायी प्रतिबन्ध लगाइएको थियो ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सहरतर्फ आउँदै गरेका कम्तीमा तीनवटा ड्रोन खसालिएको बताउँदै भने, “आपतकालीन सेवा विज्ञहरू भग्नावशेष भएको स्थानमा काम गरिरहेका छन् ।” एबीसीन्यूज


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया