लुम्बिनी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै लमजुङमा ५६.८ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, पाल्पालगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै