

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ




लुम्बिनी प्रदेशको मुख्य बालीमा पर्ने धानको असार २३ गतेसम्म ५२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा सबैभन्दा धेरै प्यूठानमा ८२ प्रतिशत रोपाइँ सकिएको छ । तराईका जिल्लामध्ये सबैभन्दा धेरै पश्चिम नवलपरासीमा धान रोपाइँ ९० प्रतिशत सम्पन्न भएको छ । २० हजार ४८० हेक्टर क्षेत्रमध्ये १८ हजार ४३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै प्यूठानमा ८६ प्रतिशत सम्पन्न भएको छ । ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६१२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमध्ये २३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यस वर्ष कुल क्षेत्रफलको १५ हजार १५० हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । रुकुम पूर्वमा धान खेती हुने ३ सय ५४ हेक्टर क्षेत्रफलमध्ये ३ सय १ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल धान खेती हुने क्षेत्रफलको ८५ प्रतिशत हो । रोल्पामा ४ हजार ५४७ हेक्टर मध्य ४ हजार १ हेक्टर क्षेत्रफलमा अर्थात् ८८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।
अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यहाँ ३२ प्रतिशत धान रोपाइँ भएको छ अर्थात् २ हजार १६३ हेक्टर क्षेत्रफलमा मात्र भएको हो । पाल्पामा कुल ८ हजार २ सय १० हेक्टरमध्ये ३ हजार ६९५ हेक्टर क्षेत्रफल अर्थात् ४५ प्रतिशतमा रोपाइँ सकिएको कृषिज्ञान केन्द्र पाल्पाका प्रमुख अरविन्दमणि त्रिपाठीले जानकारी दिए ।
रुपन्देहीमा ७० प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६० हजार ५६७ हेक्टर क्षेत्रफलमध्ये ४२ हजार ३९७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । निर्देशनालयका अनुसार धान उत्पादन हुने मुख्य जिल्ला मध्येको दाङमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ७५१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । बर्दियामा ५९ प्रतिशत रोपाइँ सकिएको छ । बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रफलमध्ये २९ हजार ५८९ हेक्टरमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
बाँकेमा धान उत्पादन हुने ३४ हजार ७११ हेक्टर क्षेत्रफल मध्ये १५ हजार ६२० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । बाँकेमा ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ७ हजार ५३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । अहिलेसम्म ४ हजार १३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया