

नेपालले घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले घरेलु मैदानमा बङ्गलादेशसँग दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
आउँदो सेप्टेम्बर ६ र ९ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने लागेको हो । फिफा वरीयतामा नेपाल १७५औं र बङ्गलादेश १८२औं स्थानमा छन् ।
याे मैत्रीपूर्ण फुटबल नेपालका लागि एएफसी एशियाली कप छनोटकाे तयारीका लागि महत्त्वपूर्ण हुनेछ ।
एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् । नेपालले अहिलेसम्म दुई वटा खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया