
लायन्स कपिलवस्तुले मनायो लायन वर्ष २०२५/२६

लायन्स क्लव अफ कपिलवस्तुले लायन वर्ष २०२५/२६ को प्रारम्भ विशेष कार्यक्रमका साथ मनाउँदै नयाँ नेतृत्वलाई औपचारिक रुपमा स्वागत गरेको छ। अन्तर्राष्ट्रिय परम्परा अनुसार हरेक वर्ष जुलाई १ मा मनाइने ‘लायन नयाँ वर्ष’ अन्तर्गत क्लवले अफिस ब्यारेड कार्यक्रम आयोजना गरेको हो।
नयाँ वर्षको अवसरमा नव-निर्वाचित अध्यक्ष लायन नारायण पौडेलसहितको कार्यसमिति पदभार ग्रहण गर्दै सेवा, उत्तरदायित्व र नेतृत्वको उदाहरणीय सन्देश दिएका छन्। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा ‘पद मात्र होइन, दायित्व पनि हो’ भन्ने मूल नाराका साथ क्लवका पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरियो।
क्लवका पूर्व अध्यक्ष तथा लायन्स डिष्टिक्ट ३२५ पि का GTA तथा युथ संयोजक सुरेन्द्र घिमिरेले क्लवको संगठनात्मक संरचना, पदिय भूमिका र भावी कार्ययोजनाका विषयमा सविस्तार व्याख्या गर्दै नव-निर्वाचित टोलीलाई मार्गदर्शन गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष पौडेलले क्लवका सम्पूर्ण सदस्यहरुलाई नयाँ वर्षको शुभकामना दिँदै मायाको चिनोस्वरुप विशेष टिसर्ट वितरण गरेका थिए।
सक्रिय सहभागिता र उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रम २०२५/२६ का अध्यक्ष नारायण पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष सुमन क्षेत्रीको स्वागत मन्तव्य साथै सचिव सन्दिप भट्टराइको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुले यस वर्ष सामुदायिक सेवा, स्वास्थ्य, शिक्षा र युवा सशक्तिकरणका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया