

स्पेनमा गर्मीले ६० वर्षको रेकर्ड तोड्यो, ३ देशमा रेडअलर्ट





काठमाडौं । युरोपका धेरै देशहरू अत्यधिक गर्मी (हिटवेव)को चपेटामा परेका छन्। तीमध्ये स्पेनमा सबैभन्दा बढी गर्मी देखिएको छ । त्यहाँ २९ जुनमा धेरैजसो क्षेत्रमा तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ।
अन्तरर्राष्ट्रिय सञ्चार संस्थाहरूका रिपोर्टअनुसार यो अहिलेसम्मको देशकै सबैभन्दा गर्मी दिन हो । यसअघि जुन १९६५ मा सेविल शहरमा ४५.२ डिग्री तापक्रम मापन गरिएको थियो ।
स्पेनको मौसम विभागका अनुसार एल ग्रानाडो शहरमा शनिबार ४६ डिग्री तापक्रम मापन गरिएको हो। स्पेनसँगै फ्रान्स, अस्ट्रिया, बेल्जियम, बोस्निया हर्जेगोभिना, हंगेरी, सर्बिया, स्लोभेनिया र स्वीट्जरल्यान्डमा पनि अत्यधिक गर्मी जारी रहने सम्भावना छ।
३ देशमा रेड अलर्ट
पोर्चुगलको मोरा शहरमा आइतबार वर्षकै सबैभन्दा उच्च तापक्रम ४६.६ डिग्री मापन गरिएको छ। इटाली र क्रोएसियामा हिटवेवको रेड अलर्ट जारी गरिएको छ। पहिलोपटक फ्रान्सको ८८ प्रतिशत भूभागमा ‘अरेन्ज’ अलर्ट जारी गरिएको छ।
बार्सिलोनामा शनिबार एक महिला सरसफाइकर्मीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ। इटालीमा वृद्ध, क्यान्सरका बिरामी तथा घरबारविहीन मानिसहरूमा हिटस्ट्रोकको घटना बढेको छ।
रोमले ७० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क स्विमिङ पुल सेवा प्रदान गर्ने घोषणा गरेको छ।
सर्बियाले १९औं शताब्दीदेखि तापक्रम मापन गर्न थालेको इतिहासमा हालसम्मकै उच्च तापक्रम अनुभव गरेको छ। स्लोभेनियामा शनिबार जुन महिनाकै सबैभन्दा उच्च तापक्रम मापन गरिएको छ। उत्तर म्यासेडोनियामा २७ जुनमा तापक्रम ४२ डिग्रीसम्म पुगेको छ।
इटाली र पोर्चुगलमा सतर्कता बढाइयो
इटालीका २७ मध्ये २१ शहरमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ। गर्मीका कारण अस्पतालमा बिरामीको संख्या २० प्रतिशतले बढेको छ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म बाहिर ननिस्कन सल्लाह दिइएको छ। पोर्चुगलका १८ मध्ये ७ क्षेत्रहरूमा रेड अलर्ट जारी गरिएको छ, यद्यपि बुधबार रातिदेखि मौसम चिसो हुने अनुमान गरिएको छ।
मानवीय क्षतिको पूर्वानुमान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘अब अत्यधिक गर्मी कुनै असामान्य घटना होइन।’
सेन्ट एन्ड्रयूज विश्वविद्यालयका जलवायु वैज्ञानिक माइकल बायर्नका अनुसार युरोप अहिले यसअघिको तुलनामा २ डिग्री बढी तातो छ, जसका कारण हिटवेवहरू अझ तीव्र हुँदै गएका छन्।
विशेषज्ञहरूले गर्मीका कारण प्रत्येक वर्ष विश्वभर ५ लाख मानिसको मृत्यु हुने अनुमान गरेका छन् । विशेष गरी वृद्ध र बिरामीहरू बढी जोखिममा हुन्छन्।
चिकित्सकहरूले गर्मीबाट बच्न प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र कमजोर छिमेकीहरूको हेरचाह गर्न सुझाव दिएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार यो सताब्दीको अन्त्यसम्म युरोपमा गर्मीका कारण वार्षिक ८० हजार मृत्यु हुन सक्नेछ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया