

बुधवारसम्म धेरै ठाउँमा छिनछिनमा पानी परिरहने, धानखेतीका लागि उपयुक्त मौसम





पछिल्लो ६ घण्टामा देशभर अत्यधिक वर्षा मापन भएको छैन । जल तथा मौसम विज्ञान विभागको सञ्जालमा रहेका मापन केन्द्रमध्ये पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै डडेल्धुराको गाँबाँधेमा ४७ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यति पानी पर्नुलाई सामान्य मानिन्छ । अरू ठाउँमा योभन्दा कम वर्षा भएको छ । बाढी आउने गरी वर्षा मापन नभएको विभागअन्तर्गतकाे बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय रहेको अवस्था भएकोले कुनै ठाउँमा छोटो समयमा धेरै वर्षाको सम्भावना रहेकोले सचेत रहनुपर्ने मौसमविद्ले बताएका छन् ।
मौसम तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य–भूभागमा आएर बसेकोले नियमित वर्षा गराउने सम्भावना रहन्छ । उहाँका अनुसार पर्सि बुधवारसम्म मौसम खुलेर घाम लाग्ने सम्भावना कम रहेको र छिनछिनमा वर्षा भइरहने भएकोले धान खेतीका लागि उपयुक्त मौसम हुनेछ ।
नेपालको मुख्य उत्पादन धानको खेतीका लागि धेरै ठाउँका किसान आकाशेपानीमा भर पर्ने गरेका छन् । ससाना मूल फुटेर वा सीधै खेतमा जम्मा भएको पानीबाट पनि रोपाइँ गर्ने गरिन्छ । अहिले पहाडी क्षेत्रमा धमाधाम रोपाइँ भइरहेको छ भने मध्यपहाडका केही ठाउँमा शुरू भएको छ । तराई मधेशमा भने बीउ छर्ने काम भइरहेको छ ।
यसपालि मनसुनको शुरूमै नियमित वर्षा भइरहेकोले धानखेतीका लागि मौसम अनुकूल बनेको छ । यो वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा हुने अनुमान रहेकोले धान रोपाइँ समयमा हुने आशा बढेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया