
सामुदायिक वनद्धारा भर्तापुरमा स्वास्थ्य शिविर आयोजना, एक सय बढीले लिए सेवा

साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा शनिबार निःशुल्क स्वास्थय शिविर सम्पन्न गरिएको छ । जहाँ एक सय १० जनाले स्वास्थ्य चेकजाँच गराएका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वनको आर्थिक सहयोग तथा युनिक फार्मेसी एण्ड हेल्थ क्लिनिक प्रा.लि बाणगंगा ७ बनगाइको आयोजना र बाणगंगा नगरपालिकासँगको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिरामीहरुको पेट, छाती, सुगर, प्रेसर, दम, नसा, थाइराईड लगाएतका रोगको स्वास्थ्य जाँच गरिएको छ । चौराह हस्पिटल बुटवलको प्राविधिक तथा चिकित्सकीय सहयोग गरेको कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समुहका अधिकांश उपभोक्ता सदस्यहरुले सेवा लिएको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

वुटवल चौराह अस्पतालका बरिष्ठ फिजिसीयन डा. विवेक के.सी, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजन भण्डारीसहितको चिकित्सकीय टोलीले बिरामीको जाँच गरेका युनिक फार्मेसीका संचालक विवश बञ्जाडेले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा ७५ जना बिरामीको सुगर जाँच गरिएको छ भने एक सय १० जना बिरामीको प्रेसर जाँच गरिएको छ । यस बाहेक अन्य विभिन्न रोगका बिरामीहरुको समेत जाँच गरिएकोमा केही गम्भिर स्वास्थ्य समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि बुटवल चौराह अस्पतालमा जान भनिएको छ । शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया