
शेयर बजार सामान्य बढ्यो, कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरै

हिजो खासै घटबढ नभएको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८० अङ्कले बढेर २ हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ११ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ३ करोड ३६ लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम झन्डै साढे २ महिनायताकै धेरै हो । यसअघि फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको शेयर करोबार भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया