विश्व रक्तदाता दिवसको अबसरमा लायन्स कपिलवस्तुद्धारा रेडक्रसलाई रक्तदान कुर्सी हस्तान्तरण

मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिवसको अवसर पारेर विश्वभर रक्तदाता दिवस मनाइँन्छ । सोही अवसरमा लायन्स क्लब अफ कपिलवस्तुले बाणगंगा रेडक्रस उपशाखा जीतपुरलाई अत्याधुनिक रक्तदान कुर्सी हस्तान्तरण गर्दै विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम बाणगङ्गा नगरपालिका स्थित रेडक्रस उपशाखाको प्राङ्गणमा उत्सवमय वातावरणमा सम्पन्न भएको थियो। लायन्स क्लब अफ कपिलवस्तुका पूर्वअध्यक्ष सुरेन्द्र घिमिरेका अनुसार, रक्तदान जस्तो जीवनदायी कार्यलाई प्रवद्र्धन गर्न क्लबले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । यो कुर्सी हस्तान्तरणमार्फत हामीले रेडक्रसलाई थप सशक्त बनाउने जमर्को गरेका छौं।

कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले “हाम्रो उद्देश्य केवल कार्यक्रम गर्नु होइन, समाजमा रक्तदानको संस्कार बसाल्नु हो । रक्तदान एक महान् सेवा हो र यसमा युवाहरुको बढ्दो सहभागिता देख्दा हामी उत्साहित छौं। क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै अब जिल्लाभर यस्ता अभियान चलाउने तयारी गरेको बताएका थिए ।

“लायन्स क्लब जस्तो अग्रणी संस्थाले हाम्रो उपशाखालाई सहयोग गर्नु गर्वको कुरा हो। रक्तदान कुर्सीको अभावमा हामीलाई समस्या थियो, आजको सहयोगले हामीलाई धेरै राहत मिल्नेछ । कार्यक्रममा बोल्दै वाणगङ्गा रेडक्रस उपशाखाका अध्यक्ष शंकर पाण्डेले बताएका थिए ।

कार्यक्रममा लायन्स सदस्यहरु सहित कार्यक्रममा उपस्थिीत रक्तदाताहरुले स्वेच्छिक रक्तदान गरेर विश्व रक्तदाता दिवसको सार्थकता देखाएका थिए। रेडक्रसका स्वास्थ्य स्वयंसेवक, स्थानीय अगुवा, समाजसेवी, सञ्चारकर्मी र लायन्स क्लबका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सामाजिक चेतनाको उत्सवको रूपमा लिइएको थियो।

प्रतिक्रिया

खबर सबै