
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?

बैंकहरुले असारमा लागू हुने नयाँ ब्याजदर घोषणा गरेका छन्। बैंकहरुले जेठ ३१ सूचना सार्वजनिक गर्दै असारका लागि ब्याजदर घोषणा गरेका हुन्।
असारका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाएर कुमारी बैंकले ५.९१ बाट ५.७१ प्रतिशतमा, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशतमा, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशतमा झारेका हुन् । त्यस्तै, एनएमबि बैंकले ६.६ बाट ६ प्रतिशतमा र एनआईसी एसिया बैंकले ६.६ बाट ६.५५ प्रतिशतमा कायम गरेका छन्।
यसैगरी असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा १४ वाणिज्य बैंक रहेका छन् । जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए। यी बैंकले असारका लागि पनि यही ब्याजदर निर्धारण गरेका हुन्।
राष्ट्रियस्तरका विकास बैंकहरुमा एक बैंकले ब्याजदर बढाउँदा एकले भने बढाएको छ । जसमा सांग्रिलाले भने ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ।
यस्तै, राष्ट्रियस्तरका ६ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सुचनाअनुसार कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका हुन्।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया