



म्याराथन धावक कपिलवस्तुका ‘अजय’ : एक सातामै जिते दुई ‘गोल्ड मेडल’

राजेन्द्र खनाल, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का युवा म्याराथन धावक अजय पाण्डेले खेलकुदका क्षेत्रमा एक पछि अर्काे सफलता प्राप्त गरिरहेका छन् । पछिल्लो एक सातामै पाण्डेले लगातार दुई गोल्ड मेडल(स्वर्ण पदक) हात पार्न सफल भए ।
उनले केहि दिन अघि मात्रै काठमाडौंमा सम्पन्न “वन रन कम्पिटिसन” मा ५ किलोमिटर दौडतर्फ स्वर्ण पदक जितेका थिए भने अहिले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै कान्तिपुर हाफ म्याराथन २०२५ को स्वर्ण पदक जितेका हुन ।
अजयले उक्त प्रतियोगितामा कलेज रनको पुरुषतर्फ ७ कि.मिको दुरी २१ मिनेट २४.३३ सेकेण्डमा पुरा गर्दे गोल्ड मेडल हात पारेका हुन । यस्तै यहि विधाको सोही दुरी अमृत विश्वकर्माले २१ मिनेट ३१.२५ सेकेण्ड, विश्वराम कुँवर २१ मिनेट ५६.५७ सेकेण्डमा पार गर्दै दोस्रो र तेस्रो बने । विश्वराम अघिल्लो वर्ष पनि दोस्रो भएका थिए । अजयले सबै धावकहरुलाई पाखा लगाउँदै उपाधि चुम्न सफल भएका हुन्।
प्रतियोगितामा सहभागी भएका पाण्डेले देशभरबाट सहभागि भएका सातै प्रदेशका धावकहरुसँग प्रतिश्प्रधा गरेका थिए । उनले यस अघि पनि तीन सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै वान रन कम्पिटिसनमा गोल्ड मेडल पाएका थिए ।
अजय पाण्डेले यसअघि पनि थुप्रै राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पदकहरू हात पारेका छन्। उनले कपिलवस्तु जिल्लाका लागि समेत आधा दर्जन बढी मेडल दिलाईसकेका छन् ।
यो पदक हात पारेसँगै पाण्डेले साझाकुरा सँग भने, “यो सफलताले मलाई अझ आत्मविश्वासी बनाएको छ, म निरन्तर खेल जीवनलाई सक्रिय बनाउन चाहन्छु । यसमा मलाई सबैको साथ र सहयोग पनि आवश्यक छ ।”
खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम चम्काउने सपना बोकेका पाण्डे जस्ता धावकहरूका लागि यस्तो सफलता प्रेरणाको स्रोत बन्ने निश्चित छ। स्थानिय स्तरबाट हुर्किएको प्रतिभाले राष्ट्रिय स्तरमा हात पार्ने सफलता कपिलवस्तु, लुम्बिनी मात्र नभई सम्पूर्ण देशकै लागि गर्वको विषय बनेको छ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया